गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो । 

आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्नेक्रममा ५८ वर्षीय लक्षिराम जैशीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर लछिराम जैशीको शव पूर्णरूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । 

उनको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ । आगलागी भएपश्चात स्थानीयवासीले धारा र मोटरको पानीबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

पछि नेपाल प्रहरी, नगर प्रहरीले ट्रयाक्टरमा जडित पानी ट्याङ्करबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । मधुवन नगरपालिका दमकलको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरप्रहरी र स्थानीयवासीले राति ११ बजे आगो नियन्त्रणमा लिएका थिए ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार ८:५०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया