सशस्त्र प्रहरीमा ११ चिकित्सकसहित प्राविधिक पदमा दरखास्त आह्वान

सशस्त्र प्रहरी बलले ११ जना चिकित्सकसहित स्वास्थ्यतर्फका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । रिक्त रहेका प्राविधिक पदमा शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्त्रले दरखास्त आह्वान गरेको हो । 

प्राविधिक समूहतर्फ नायव निरीक्षकदेखि प्रहरी निरीक्षकसम्मका लागि खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ । जसअनुसार चिकित्सक ११ जना, बीडीएस ३ जना, स्टाफ नर्स ५ जना, ल्याब टेक्निसियन २ जना, साइकोथेरापिस्ट १ र रेडियोग्राफर २ जनाका लागि दरखास्त आह्वान भएको छ ।  

सशस्त्रले योग्यता पुगेका नेपाली नागरिकले १८ चैतसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने जनाएको छ ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार ८:५४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया