वाफ उपविजेता नेपाली टिम आज स्वदेश फर्किँदै

राष्ट्रिय महिला फुटबल टिम साउदी अरेबियामा वाफ च्याम्पियनसिप खेलेर आज नेपाल आइपुग्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टिम राति ८:४५ बजे नेपाल आइपुग्ने भएको हो ।  

पहिलोपटक वाफ खेलेको नेपाली टिम उपविजेता बन्यो । गएराति सम्पन्न फाइनल खेलमा नेपाल यसअघि नै पाँचपटक उपाधि जितिसकेको जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भयो ।  

नेपाल र जोर्डनबीचको खेल निकै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समय २–२ को बराबरी सकिएको थियो । यो वाफ च्याम्पियनसिपमा नेपालले फाइनल मात्र हार बेहोरेको हो । 

फाइनलसम्म खेल्दा नेपालले प्रतियोगितामा कुल १७ गोल गर्‍यो । विपक्षी टिमले नेपालविरुद्ध चार गोल मात्र गर्न सके । प्रतियोगितामा सावित्रा भण्डारी ‘साम्बा’ ले चार खेलमा सर्वाधिक ९ गोल गरिन् ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार ९:१७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया