डिफेन्डर विकास खवास पनि अस्ट्रेलिया पलायन

नेपाली फुटबल खेलाडीहरू सुन्दर भविष्य खोज्न अस्ट्रेलिया पलायन हुनेक्रम जारी छ । यसैक्रममा डिफेन्डर विकास खवास पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । 

नेपालको टिमबाट सन् २०२० मा बंगलादेशविरुद्ध खेलेर डेब्यू गरेका विकासले चार अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २०१९ मा घरेलु मैदानमा भएको साग गेम्समा नेपालले फुटबलबाट स्वर्ण जित्दा विकासको महत्वपूर्ण भूमिका थियो ।   

उनी घरेलु फुटबलमा त्रिभुवन आर्मी क्लबसँग आबद्ध थिए । मोरङ घर भएका विकासले नेपालको यू–१६, यू–१९ र यू–२३ गरेर सबै उमेर समूहको टिमबाट खेलेका थिए ।

पछिल्लो दुई वर्षमा नेपाली टिमबाट खेलेका दुई दर्जन खेलाडी अस्ट्रेलिया पलायन भइसकेका छन् ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १०:५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया