नामिबियाविरुद्ध नेपाल ब्याटिङमा, प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन

त्रिकोणात्मक टी–२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ । नेपाल र नामिबियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । 

नेपालले आज प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ । नेपालले आज कुशल भुर्तेल, सन्दीप जोरा र ललितनारायण राजवंशीलाई विश्राम दिएर अनिल साह, आरिफ शेख र अविनाश बोहरालाई मौका दिएको हो  ।

जारी श्रृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा नामिबियासँग २० रन तथा दोस्रो म्याचमा नेदरल्याण्ड्सविरुद्ध २ रनको हार बेहोरेको थियो। फाइनल सम्भावना कायमै राख्न नेपाल आज जित्नैपर्ने दबाबमा छ, अन्यथा नेपाल एक खेल अगावै फाइनल दौडबाट बाहिरिनेछ ।  

नेपालको प्लेइङ–११ : आसिफ शेख, अनिल साह रोहित पौडेल (कप्तान), कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी,  आरिफ शेख, प्रतिश जिसी र अविनाश बोहरा ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार ११:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया