प्रियंकाको डिभोर्सबारे बोलिन् बहिनी परिणिती !

एजेन्सी—प्रियंका चोपडा आजभोलि अमेरिकामा निक जोनससँग मस्ती गरिरहेकी छिन् । तर, यसबीच एक अन्तर्राष्ट्रिय म्यागजिनले एउटा हल्ला चलायो— यी दुई सम्बन्धविच्छेद गर्ने मुडमा पुगिसकेका छन् । केही समयअघि मात्र विवाह गरेका यी दुईले सम्बन्धविच्छेद गर्ने भन्ने समाचार निकै भाइरल भयो । तर, यो अपत्यारिलो पनि थियो । आखिर यो झुट नै रहेछ । त्यसैले प्रियंकाले अब त्यो पत्रिकाविरुद्ध मुद्दा हाल्ने तयारी गरेको भारतीय मिडियाले दाबी गरेका छन् । 

यसबीच यो हल्लाबारे प्रियंकाकी बहिनी परिणितीले पनि आफ्नो अभिव्यक्ति दिएकी छिन् । उनले भनेकी छिन्, ‘यो पूरै गलत खबर हो । मलाई त यस विषयमा कुरा गर्न पनि मन छैन । अब त जसले सुरुमा यो समाचार छापेको थियो, उसले पनि त्यो समाचार हटाएको छ । यसले विश्वलाई त्यो समाचार फेक भएको थाहा हुन आएको छ । त्यसैले म यस्ता गलत समाचारबारे बोल्न चाहन्नँ, बोल्ने नै भएको भए मैले यसबारे पहिले नै ट्विट गरिसक्थेँ ।’





  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार १९:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया