नेपालको दोस्रो विकेट पतन, रोहित पनि सस्तैमा आउट
फाइल तस्बिर

त्रिकोणात्मक टी–२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध नेपालले सस्तैमा दुई विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । उनी आज ३.३ ओभरमा १० रनमा आउट भएका हुन् । 

नेपालले पहिलो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमायो । उनी दोस्रो ओभरको पहिलो बलमा एक रनमै बोल्ड भए । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले आज टस हारेर ब्याटिङको मौका पाएको हो । 

नेपालले आज प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ । नेपालले आज कुशल भुर्तेल, सन्दीप जोरा र ललितनारायण राजवंशीलाई विश्राम दिएर अनिल साह, आरिफ शेख र अविनाश बोहरालाई मौका दिएको हो । 
 





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार ११:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया