त्रिकोणात्मक टी–२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो सफलता सोमपाल कामीले दिलाए । उनले ७.२ ओभरमा जेपी कोएट्जेलाई २५ रनमा आउट गरे ।
नामिबियाको दोस्रो विकेट करण केसीले लिए । उनले ५.३ ओभरमा ओपनर माइकलभान लिङ्गेनलाई १० रनमा बोल्ड गरे । नेपाललाई पहिलो सफलता सोमपाल कामीले दिलाएका थिए । उनले मलान क्रुगरलाई तीन रनमा क्याच आउट गराए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो । नेपालका लागि युवा अलराउन्डर कुशल मल्लले अर्धशतकीय पारी खेले । ३७ बलको सामना गरेका उनले चार छक्का र एक चौकाको सहयोगमा अविजित ५५ रन बनाए ।
यस्तै, आरिफ शेखले ३१, गुलशन झाले २६, अनिल साहले २३, दीपेन्द्र सिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन जोडे । नामिबियाका लागि बेन शिकोन्गोले चार ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।