उपप्रधानमन्त्री खड्काको दाबी : गठबन्धन पाँच वर्ष नै चल्छ
फाइल तस्बिर

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उनले बाहिर गठबन्धन तलमाथि हुने हो कि भन्ने आशंका पैदा भएको भन्दै गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गरेका हुन् ।

उपप्रधानमन्त्री खड्काले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर गरे । उनले आफूले कर्णालीलाई केन्द्रमा पुर्‍याउने कुरा नबिर्सिएको बताए । रक्षामन्त्री खड्काले सरकारले आधुनिक स्तरको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो बनाउने प्रतिवद्धता व्यक्त गरे ।  

‘यो गठबन्धन मूलभूत उद्देश्यसहित सडकदेखि सुरु हुँदै, जनताको बीचमा मत माग्दा मुलुकलाई यसरी अघि बढाउँछौँ भनेर हालका वर्तमान प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र म स्वयं निर्वाचनको बेलामा गएर मत दिनुस्, गठबन्धनलाई बहुमत दिनुस्, नेतृत्व गर्न चाहन्छौं भनेको हो । कर्णालीलाई केन्द्रमा पुर्‍याउने कुरा बिर्सिएका छैनौँ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।  

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा आधुनिक स्तरको स्टुडियो बनाउन आवश्यक रहेको बताए । उनले नेपाल आफैंमा खुला स्टुडियो भए पनि सबै काम त्यसबाट पूरा नहुने बताए ।  

केसीले चलचित्र क्षेत्रको विकासका लागि बोर्डले सबै किसिमबाट सहयोग गरिरहेको पनि बताए ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १४:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया