देवेन्द्र पौडेलको प्रश्न- सांसदले वर्तमान व्यवस्थाको विरोध गर्न पाउँछन् ?
फाइल तस्बिर

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले सांसदहरूले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विरोध गर्न नपाउने बताएका छन् । 

संघीय लोकतान्त्रिक गणतन्त्र मान्छौँ भनेर शपथ खाएर संसदमा आउनेहरूले त्यसको विरोध गर्न पाइन्छ र भन्दै प्रश्न गरेका हुन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सचिव पौडेलले राप्रपाका सांसदप्रति लक्षित गर्दै दिनहुँजसो यो व्यवस्थाको विरोध गर्ने कुराले आफूहरूलाई गम्भीर बनाएको बताए ।    

उनले हजारौंको बलिदान, रगत, आँसु, पसिना, बगेर यो व्यवस्था आएको उल्लेख गर्दै यसलाई मान्छौँ भनेर सपथ खाने तर विरोध गर्ने काम गर्न नहुने बताए । 





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १४:१८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया