माओवादी नेताहरूलाई रघुजी पन्तको प्रश्न- तपाईंको शरीरमा रगत बगेको छ कि पानी ?
फाइल तस्बिर

नेकपा (एमाले) का सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतको उपयुक्त पात्रको रूपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् । 

‘द पायोनियर’ भन्ने भारतीय न्युज पोर्टलमा भारतीय सेनाको रिटायर्ड मेजर जनरल अशोक मेहताले २७ फेब्रुअरी २०२४ मा ‘इन्डिया इज अन द राइट ट्रयाक इन नेपाल’ शीर्षकको लेख लेख्दै प्रधानमन्त्री दाहाललाई भारतको उपयुक्त पात्रको रूपमा चित्रित गरिएको बताए ।

उनले लेखमा दाहाल भारत चढ्नका लागि उपयुक्त पात्र भएको उल्लेख गरिएको र पूर्वप्रधामन्त्री शेरबहादुर देउवालाई पनि भविष्यमा चढ्नका लागि उपयुक्त घोडा भनिएको भन्दै यस सन्दर्भमा परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्ने बताए । 

कांग्रेसले समेत सभापतिलाई त्यसो भनिँदा चुइँक्क बोल्न नसकेको भन्दै कांग्रेस कुन कुनामा मुर्छा परेर बसेको छ भन्दै प्रश्न गरे । सांसद पन्तले माओवादी केन्द्रले विगतमा भारतसँग सुरुङ युद्ध लड्नेसमेत घोषणा गरेको भन्दै आफ्नो अध्यक्ष तथा प्रधानमन्त्रीलाई यसो भनिरहँदा कुन सुरुङमा लुकेर बसेको भनेर प्रश्नसमेत गरे ।

उनले माओवादीहरूको स्वाभिमान कहाँ गयो भनेर पनि प्रश्न गरे । सांसद पन्तले माओवादीको शरीरमा तातो स्वाभिमानी रगत बगेको छ कि पानी बगेको छ भन्दै अर्को प्रश्न गरे ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १५:४०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया