‘काठमाडौं महानगरले फुटपाथ व्यापारीमाथि ज्यादती गर्‍यो, सरकारले तत्काल हस्तक्षेप गरोस्’
फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय भएको बताए । सांसद पाण्डेले यस्तो काम गर्दा आवश्यकता परे संघीय सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने बताए । 

‘काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय छ । यस्ता कार्य गर्ने कुराको तत्काल संघीय सरकारले पनि आवश्यकता प¥यो भने हस्तक्षेप गरोस्,’ उनले भने । 

सांसद पाण्डेले मिटरब्याज पीडित, लघुवित्त पीडित र सहकारी पीडितको समस्या समाधान गर्न पनि सरकारलाई आग्रह गरे । त्यस्तै, दुग्ध किसानको रकम भुक्तानी गर्न पनि उनको माग छ । 

पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने सरकारलाई दबाब दिए । 





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १४:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया