नामिबियाको छैटौँ विकेट पतन, अविनाशलाई पहिलो सफलता
फाइल तस्बिर

त्रिकोणात्मक टी–२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध नेपाललाई छैटौँ सफलता दिलाएका छन् । उनले १६.१ ओभरमा जन फ्राइलिन्स्कलाई ३७ रनमा बोल्ड गरे । 

नामिबियाको चौथो र पाँचौं विकेट दीपेन्द्र सिंह ऐरीले लिए । उनले १५.१ ओभरमा कप्तान जेजे स्मितलाई ५० र यही ओभरको दोस्रो बलमा जोन लफ्टी इटनलाई शून्यमै आउट गरे ।   

नामिबियाको तेस्रो विकेट सोमपाल कामीले लिए । उनले ७.२ ओभरमा जेपी कोएट्जेलाई २५ रनमा आउट गरे । नामिबियाको दोस्रो विकेट करण केसीले लिए । उनले ५.३ ओभरमा ओपनर माइकलभान लिङ्गेनलाई १० रनमा बोल्ड गरे । नेपाललाई पहिलो सफलता सोमपाल कामीले दिलाएका थिए । उनले मलान क्रुगरलाई तीनमा क्याच आउट गराए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो । नेपालका लागि युवा अलराउन्डर कुशल मल्लले अर्धशतकीय पारी खेले । ३७ बलको सामना गरेका उनले चार छक्का र एक चौकाको सहयोगमा अविजित ५५ रन बनाए । 

यस्तै, आरिफ शेखले ३१, गुलशन झाले २६, अनिल साहले २३, दीपेन्द्र सिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन जोडे । नामिबियाका लागि बेन शिकोन्गोले चार ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १४:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया