सरकारले सुशासनको हल्ला मात्रै बढी गर्छ, काम गर्दैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सुशासनको हल्ला मात्रै बढी गरेको बताएका छन् । जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले गठबन्धन सरकार पूर्ण रूपमा असक्षम र असफल साबित भएको दाबी गरे । उनले एमाले सरकारमा रहँदा अघि बढाएको विकास निर्माणका कामहरूले अहिले गति लिन नसकेको बताए । उनले वर्तमान सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए । उनले शिक्षक, कर्मचारीको पारिश्रमिक आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था अहिलेको सरकारले सिर्जना गरेको बताए । पोखरेलले पुँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा रहेको र पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्ने कुराको आधार भएको समेत बताए । 

उनले भने, ‘पहिलो कुरा त गठबन्धन सरकार पूर्ण रूपमा असक्षम र असफल साबित भएको छ । खास गरी नेकपा एमाले सरकारमा रहँदा विकास निर्माणका कामहरू जुन गतिका साथ अघि बढेका थिए, तराई मधेसकै विकास र समृद्धिको यात्रामा जुन प्रकारको तीव्रता देखिएको थियो । सिंगो राष्ट्रको विकास र समृद्धिमा जस्तो तीव्रता देखिएको थियो । गठबन्धन सरकार बनेपछि त्यो रोकिएको छ । एक प्रकारले यति बेला सरकार खर्च जुटाउने कुरामा पनि असफल छ । शिक्षक, कर्मचारीको तलब आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था छ । पुँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा छ ।’

महासचिव पोखरेलले मन्त्री दोषी ठहर हुँदासमेत राजीनामा नदिएको भन्दै आपत्ति जनाए । एमालेका लागि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने विषय चासोको विषय नरहेको बताए ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १५:४०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया