सैनिक ऐन संशोधनको लागि गृहकार्य भइरहेको छ : रक्षामन्त्री
फाइल तस्बिर

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक ऐन संशोधनको लागि गृहकार्य भइरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा उनले सो जानकारी गराएका हुन् । 

उपप्रधानमन्त्री खड्काले सैनिक ऐन, २०६३ लाई संशोधन गर्नका लागि सरोकारवालाहरूसँग छलफल भइसकेको र त्यसलाई अन्तिम रुप लिन संसदको चालू अधिवेशनमै पेश गर्न लागिएको बताए । 

उनले भने, ‘सैनिक ऐन २०६३ संशोधनको लागि गृहकार्य भइरहेको जानकारी गराउन चाहन्छु । सम्बन्धित सरोकारवालाहरुसँग छलफल भई संशोधनको मस्यौदालाई अन्तिम रुप दिन यथाशाक्य संसदको यसै अधिवेशनमा पेश गर्ने गरी अगाडि बढिएको व्यहोरा पनि म माननीय सदस्यहरुज्युहरुलाई जानकारी गराउन चाहन्छु । ’

उपप्रधानमन्त्री खड्काले सरकार, सेना र अदालतमाथि नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । सेना, सरकार र अदालतसबै नागरिकका साझा सम्पती भएकाले त्यसमा रहेका कर्मी हटाउनका लागि मर्यादित र रचनात्मक सहयोगको अपेक्षा पनि सरकारले गरेको उनले बताए ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १५:४५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया