प्रधानमन्त्री नै किन नहोस्, अब भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउने छैनन् : मन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारमा संलग्न जो कोहीले पनि उन्मुक्ति पाउन नसक्ने बताएका छन् । 

शुक्रबार राष्ट्रिय सभा बैठकमा ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पती शुद्धीकरण निवारण तथा व्यवसायीक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । 

मन्त्री गुरुङले कसुरजन्य सम्पति कमाएको हकमा अथवा अपराध गरेर सम्पति कमाएको छ भने प्रधानमन्त्री, मन्त्रीलाई पनि सरकार नछोड्ने बताए । उनले अपराध गरेर कमाएको हो भन्न नसक्ने सम्पत्तिको भने कडा ढंगले अनुसन्धान गरेर दोषीमाथि कारबाही हुने गरी सरकारले सो विधेयक ल्याएको बताए । मन्त्री गुरुङले स्रोत नखुलेको सम्पति थाँती राख्न नमिल्ने भएकाले सरकारले त्यसलाई पनि अनुसन्धान गर्न कडा कानूनी व्यवस्था गर्न लागेको बताए । 

उहाँले भन्नुभयो, ‘यहाँ भ्रष्टाचार निवारण आयोगले कसैलाई पनि छोड्दैन । यो राष्ट्र सेवकहरुको सन्दर्भमा यो धारा आएको होइन । यसले कसैलाई पनि उन्मुक्ति दिँदैन । कसुरजन्य सम्पती कमाएको हकमा, अपराध गरेर कमाएको हकमा अथवा भ्रष्टाचार गरेर कमाएको हकमा कुनै पनि चाहेँ त्यो वडाध्यक्ष होस । सांसद किन नहोस् । अथवा मन्त्री किन नहोस् । प्रधानमन्त्री नै किन नहोस् । कसैलाई पनि उन्मुक्ति दिँदैन । यसले उन्मुक्ति दिने भनेको होइन । सम्पति कसुरजन्य हो भन्न पनि नसक्ने, अपराध गरेको कमाएको हो पनि भन्न नसक्ने अवस्था रह्यो । र, मुद्दा पनि नलागेको अवस्था रह्यो । मुख्य कुरा यो यो । यसको सम्बन्धमा कसैको पनि थाँति राख्न मिल्दैन ।’

बैठकमा सांसदहरूले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिकता दिने गरी सरकारले विधेयक ल्याएको भन्दै आपत्ति जनाएका थिए ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १६:१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया