नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताएका छन् । शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले नेतृत्वले जनताको शक्ति चिनेको बेलामा नै देशले साँच्चिकै मुहार फेर्ने बताए । उनले भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भुमिका निर्वाह गर्न कटिवद्ध र प्रतिवद्ध रहेको जनाए । 

उनले भने, ‘यसो हेर्दा यो मञ्च धेरै नै शक्तिशाली लागेको होला । किनभने यहाँ वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु सबै हुनुहुन्छ । तर यहाँको शक्तिले जब त्यहाँको शक्तिलाई चिन्छ बल्ल देशले मुहार फेर्छ । म यतिमात्र भन्न चाहन्छु । भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भुमिका निर्वाह गर्न कटिवद्ध र प्रतिवद्ध छु । भएका राम्रा चिजको प्रशंशा गरेको छु ।’

सभापति लामिछानेले भरतपुर भ्रमण सफल पार्न आग्रह पारे ।





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १८:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया