चितवनमा पर्यटनको प्रचुर सम्भावना छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए । उनले चितवनलाई शिक्षा, स्वास्थ्य र कृषिको हब बनउनुपर्ने बताए । अध्यक्ष ओलीले कृषि क्षेत्रमा देशलाई बाटो देखाउने कुरामा पनि भरतपुर महानगरले पहल गर्नुपर्ने बताए । उनले आफूले कोशी, नारायणी, कर्णाली लगायतका नदीको प्रयोग गरेर नदीको बाटोबाट कोलकता बन्दरगाह जाने र बंगालसँग जेडिने त्यस कुरालाई अघि बढाएको बताए । 

उनले बताए, ‘यस ठाउँलाई यो एउटा उत्तर दक्षिण बाटो, पूर्वपश्चिम राजमार्ग समेतले छोएको छ । यस्तो ठाउँ छ । चितवनमा पर्यटनको प्रचुर सम्भावना छ । मैले आफ्नो समयमा नारायणी नदीमा यसलाई पनि बाटो बनाएर नदीको बाटोबाट गंगा नदी जाड्ने हाम्रा कोशी, नारायणी, कर्णाली लगायतका नदीको प्रयोग गरेर नदीको बाटोबाट कोलकता बन्दरगाह जाने र बंगालसँग जेडिने त्यस कुरालाई अघि बढाएको थिएँ । कम सेकम आज यस ठाउँमा स्ट्रिमर सञ्चालन भएका छन् । मान्छेहरुले निजी क्षेत्रबाट पनि प्रेरणा पाएका छन् ।’

उनले चितवनमा औद्योगिक क्षेत्रहरूको सम्भावना पनि प्रचुर रहेको जिकिर गरे । उनले चितवनको विकासमा आफ्नो पार्टी सहयोग गर्न तत्पर रहेको बताए ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १८:५७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया