विकेटको महत्व बुझेर खेल्ने प्रयासमा छु : कुशल मल्ल

नामिबियाविरुद्धको जितपछि नेपालका अलराउण्डर कुशल मल्लले आफू धैर्यता राखेर खेल्ने प्रयास गरिरहेको बताएका छन् । नेपालले शुक्रबार त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा नामिबियामाथि ३ रनको जित निकाल्दा कुशल म्यान अफ दी म्याचसमेत भए । 

खेलपछिको पत्रकार सम्मेलनमा उनले आफू सहजै विकेट नदिने उद्देश्यअनुरूप खेलिरहेको बताएका हुन् । प्रधानमन्त्री कपपछि जिम्मेवारी लिएर खेल्न सिकेको उल्लेख गर्दै उनले विकेटको महत्व बुझेको बताए । उक्त खेलमा कुशल ३७ बलमा ५५ रनमा नटआउट रहे । 

उनकै प्रेरणामा नेपालले निर्धारित २० ओभरमा १८० रनको राम्रो योगफल बनाएको थियो । कुशलले टोलीको लक्ष्य पनि एक सय ८० को हारहारीमा नै योगफल बनाउने रहेको पनि बताए । यद्यपि, अन्तिम ओभरतिर भने त्योभन्दा बढी योगफल बनाउने लक्ष्य बनाएको उनको धारणा थियो । उनले ७/८ को रन रेटमा रन बनाउने योजना रहे पनि सुरुवाती विकेट गुम्दा केही चुनौती पनि बनेको उनले बताए । डेथ ओभरमा १२ रन जोगाएपछि करण केसीले नेपाललाई रोमाञ्चक जित दिलाए । 

उनले आफूले नै फसाएको खेललाई जोगाउन पर्छ भन्ने लागेको खुलासा गरे । सोहीअनुरूप कप्तान रोहितकुमार पौडेले पनि आफूलाई नै डेथ ओभरमा जिम्मेवारी दिएको बताए । यद्यपि आफूमा यो खेल जोगाउँछ भन्ने आत्मविश्वासमा रहेको पनि उनको भनाइ छ । करणले आफ्नो पहिलो बल योर्कर फ्याँक्छु भन्ने अनुरूप बलिङ गरेको बताए । दबाबमा रहेर भन्दा पनि त्यसमा खेलमा रमाएर खेल्ने आफ्नो रणनीति हुने गरेको उनले भने। नामिबियाविरुद्धको जितले खराब समय सकिएको उनलाई विश्वास लागेको छ । 





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १९:९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया