अहिले सरकारले सुशासनको अभियान चलाएको छ : गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासनको अभियानमा कानुनी प्रक्रियासँगै ध्यानको पनि उत्तिकै आवश्यक रहेको बताएका छन् । 

१३ औँ जीवन विज्ञान दिवसका अवसरमा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उनले हाल आफूले मन्त्रालयअन्तर्गत ध्यानको अभियान चलाएको सुनाए । त्यसमा कर्मचारीले मन्त्रालय आएपछि १५ मिनेट ध्यान गर्ने भनेर निर्देशन गरिसकेको भन्दै उनले अहिले नेपाल प्रहरीमा पनि त्यो सुरुवात गरेको जानकारी दिए । 

‘मैले गृहमन्त्रालयअन्तर्गत ध्यानको अभियान चलाइराखेको छु । गृह मन्त्रालयमा हामी आएपछि पहिलो १५ मिनेट ध्यान गर्ने भनेर हामीले निर्देशन गरिसकेका छौँ । ध्यानपछि मात्र काम गर्ने छौँ । अहिले नेपाल प्रहरीमा पनि हामीले त्यो सुरुवात गरेको छौँ,’ उनले भने,‘अहिले सरकारले सुशासनको अभियान चलाएको छ । यो समाज विकृति र नकारात्मक दिशामा जाने प्रक्रियामा छ । हरेक मानिसलाई चरित्रवान बनाउने प्रक्रियामा लाग्यो भने अपराध कम हुन्छ । एउटा सुशासन त्यहाँबाट हुन्छ । अर्को कर्मचारी पुलिस आफै घूस खान्छ, चाकडी गर्छ । यो सबै आफैँबाट रोक्नुपर्छ नि त्यही सोचेर अभियान अगाडि बढाएको छु ।’ 





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १९:१९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया