हाम्रो गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकारको निरन्तरता कायम रहने बताएका छन् । शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले अहिले गठबन्धनको सरकार रहेको र यो सरकारले निरन्तरता कायम रहने बताए । 

उनले देशको अर्थतन्त्रको विकासमा पर्यटन महत्वपूर्ण क्षेत्र भएकाले यसमा ध्यान दिन जरुरी रहेको पनि बताए । उनले पर्यटन विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको भन्दै निजी क्षेत्रसँगको सहकार्य बिना पर्यटन विकास हुन नसक्ने बताए । 

उनले भरतपुर महानगरपालिका प्राकृतिक सुन्दरताले सम्पन्न स्थान भएको पनि बताए । प्राकृतिक रुपमा सुन्दर, जैविक विविधताका लागि स्वच्छ वातावरण र पर्यटकमैत्री जनजीवन भएका कारणले चितवन पर्यापर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि पर्यटनको विकास भइरहेको हुँदा देशको मुख्य आर्थिक केन्द्रको रुमपा विकास भइरहेको बताए । उनले कोरोना र हाल विश्वमा चलिरहेको युद्धका कारणले देशको अर्थतन्त्रमा प्रभाव पारेको बेला पर्यटनको विकासले अर्थतन्त्रमा सकारात्मक प्रभाव ल्याउने दाबी गरे । 

सभापति देउवाले आगामी दिनमा चितवन पर्यटकहरूका लागि झनै महत्वपूर्ण हुनेमा विश्वस्त रहेको बताए ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार २०:५५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया