लापसे गरी सवारी चलाउने चालक प्रहरीको नियन्त्रणमा
फाइल फाेटाे

लागुपदार्थ सेवन गरी सवारी चलाउने चार जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका छुट्टाछुट्टै स्थानबाट शुक्रबार राती ट्राफिक प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । 

काठमाडौंको नागढुङगाबाट हिजो बा १प ७६४ नम्बरका पर्यटक माईक्रो चालक ललितपुरको ललितपुर महानगरपालिका –१४ का ३२ वर्षीय बासुदेव खड्का, बा ७ ख ९७ २१ नम्बरका ट्रक चालक पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका –८ का २८ वर्षीय अमृत उप्रेती र ना ८ ख १६ ४६ नम्बरका ट्रक चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका –५ का २७ वर्षीय पंकज चौलागाईँलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

त्यस्तै, काठमाडौंकै बल्खुबाट पनि लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका बागमती प्रदेश ०१(०२५ च ७८ ७४ नम्बरका पिक अप भ्यान चालक सिन्धुपाल्चोकका २५ वर्षीय सफल श्रेष्ठलाई पनि हिजो साँझ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेलापरेका ३ जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट र श्रेष्ठलाई भने प्रहरी वृत्त कालिमाटी पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

यात्रु बोक्ने संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । 

श्रेष्ठले सवारी साधन चलाउँदा चालकले मापसे वा लापसे सेवन गरेको शंका लागे मात्र पनि तुरुन्त नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्न आग्रह गरे । 



सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए वा नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले जाँच गर्दै आएको छ । 



  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार ९:५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया