आकाश चन्द पहिलोपटक नेपालको टी–२० टिममा
६ प्रमुख खेलाडीलाई विश्राम, लोकेशको कमब्याक
फाइल तस्बिर

युवा तीव्र गतिका बलर आकाश चन्दले पहिलोपटक नेपालको टी–२० टिममा मौका पाएका छन् । उनले हङकङमा आयोजना हुने टी–२० सिरिजको लागि नेपालको टी–२० टिममा मौका पाएका हुन् ।

आकाशले हालै मात्र एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । गत फेब्रुअरीमा सम्पन्न आइसिसी यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि आकाशले टी–२० आई टिममा पनि मौका पाएका हुन् । उनले सो विश्वकपमा ५ खेलमा ९ विकेट लिएका थिए । यस्तै, युवा विकेटकिपर/ब्याटर लोकेश बमले लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।  

लाेकेश बम र कुशल भर्तेल, फाइल तस्बिर

उनले २८ मार्च २०२२ यता अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । लोकेशले हालसम्म ८ वटा टी–२० आई म्याच खेलेका छन् । नेदरल्याण्ड्स र नामिबियाविरुद्धको टी–२० आई सिरिज खेलिरहेका ओपनर आसिफ शेख, अनिलकुमार साह, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीलाई भने हङकङ भ्रमणमा समावेश गरिएको छैनन् ।

क्यानका अनुसार उनीहरूलाई आगामी सिरिजका लागि विश्राम दिइएको हो । हङकङमा रहँदा नेपाली टिमले पपुवा न्यूगिनी (पिएनजी) सहित त्रिदेशीय टी–२० शृंखला खेल्नेछ ।



नेपालले सिरिजअघि हङकङसँग एक खेलको फ्रेण्डसिप कप खेल्नेछ । उक्त खेल ९ मार्चमा हुनेछ । त्यसपछि सिरिजअन्तर्गत नेपालले १० मार्चमा हङकङ तथा १२ मार्चमा  पिएनजीसँग खेल्ने तालिका छ । 

तालिकाको शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । नेपाल टी–२० विश्वकपको तयारीस्वरूप हङकङ भ्रमण गर्न लागेको हो ।  



हङकङ भ्रमणमा लागि नेपालको टिम : कुशल भुर्तेल, लोकेश बम, रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, विनोद भण्डारी, आरिफ शेख, राशिद खान, विवेकुमार यादव, करण केसी, प्रतिश जिसी, अविनाश बोहरा, सागर ढकाल र आकाश चन्द ।    

  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार ७:५०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया