पीडितलक्षित तरिकाले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण हुनुपर्छ : सभामुख घिमिरे
फाइल तस्बिर

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पीडितलाई न्याय हुनेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण हुनुपर्ने बताएका छन् । 

सोमबार शहीद यदुकुमार गौतमको २५ औँ स्मृति दिवसमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले करिब १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म अहिलेसम्म न्याय निरुपण गर्ने काम नहुनु दुःखद् भएको बताए । 

उनले अहिलेसम्म यो न्याय निरुपण गर्ने काम रहेको आज कानुन समितिबाट पास हुनेमा विश्वस्त रहेको बताए। सभामुख घिमिरेले सशस्त्र क्रान्तिको कार्यक्रम लिएर आएका आज सरकारमा हुँदा पनि कानुन निर्माण नहुनु र पीडितले न्याय नपाउनु दुःखद् भएको बताए । 

उनले शान्ति प्रक्रिया टुंग्याउन २०६३ सालमै शान्तिको घोषणा गर्दा द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्ने, अब द्वन्द्वले पारेका असर अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप वातावरण बनाउन कानुन बनाउने र त्यो बाटोबाट हिजोका अशान्तिका घटना सदाको लागि अन्त्य गरेर अघि बढ्ने घोषणा भए पनि हालसम्म कानुन नबन्नु दुःखको कुरा भएको बताए ।     

कानुन निर्माण भएसँगै अन्यायमा परेका पक्ष र द्वन्द्वमा परेका असर सधैंका लागि अन्त्य हुने बताए ।  





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १०:५९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया