गठबन्धन तोडिएसँगै शेयर बजारमा सर्किट, रोकियो कारोबार
फाइल तस्बिर

राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ ।   

आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अंक अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर २ हजार ३९ दशमलव ६० अंकमा पुगेपछि नेप्से हल्ट भएको छ । 

कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ । कारोबार सुरु हुनेबित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।   





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार ११:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया