नयाँ गठबन्धनको बैठक पुनः साढे २ बजे बस्ने
फाइल तस्बिर

नयाँ सत्ता गठबन्धनको बैठक पुनः साढे २ बजे बस्ने भएको छ । आज बिहानैदेखि बालुवाटारमा बसेका नेताहरू साढे २ बजे फेरि बस्नेगरी छलफलबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बैठकपछि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवासतर्फ लागेका छन् भने अन्य शीर्ष नेताहरू पनि छलफलबाट बाहिर रहेका छन् ।  

प्रधानमन्त्री प्रचण्डले आजै नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थालेका छन् । त्यसका लागि फेरि दिउँसो साढे २ बजे बैठक बस्ने र लिखित सहमति गर्ने तयारी रहेको स्रोतले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १३:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया