तेस्रो सर्किट लागेसँगै नेप्से सोमबारको लागि कारोबार बन्द
फाइल तस्बिर

नेप्से परिसूचकमा तेस्रो सकारात्मक सर्किट लागेसँगै सोमबारको लागि कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचकको कारोबार खुलेको ३ मिनेटमा नै ४ प्रतिशतले बढेर पहिलो सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो । 

त्यस्तै, २० मिनेटपछि कारोबार खुलेपश्चात १ मिनेटमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागरे ४० मिनेटको लागि कारोबार बन्द भएको थियो । दोस्रो सर्किट पश्चात खुलेको नेप्से कारोबार १ मिनेटको अवधिमा ६ प्रतिशतले वृद्धि भएसँगै सोमबारको लागि नेप्से कारोबार बन्द भएको छ । 

सोमबार सत्ता गठबन्धनमा आएको फेरबदलको प्रभाव नेपाली पुँजी बजारमा देखिएको छ । लामो समयदेखि पुँजी बजारमा आएको निराशा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै उत्साह देखिएको हो ।

एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो । सोमवार ११ बजे खुलेको बजार ३ मिनेटमै ४ प्रतिशतभन्दा बढीले सूचक उकालो लागेपछि २० मिनेट बन्द भएको थियो । तेस्रो सकिर्टमा नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ विन्दुमा पुगेको छ । ११७.७० अंकले बढेको नेप्से परिसूचक ९ लाख ३४ हजार ९ सय १९ कित्ता शेयर ३७ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । 

सोमबार कारोबारमा आएका २३७ कम्पनीमध्ये ५ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ भने ४१ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ, जसमा २ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ । 

सोमबारको कारोबारमा सेन्सेटिभ इण्डेक्स १९.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ८.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.७२ अंकले बढेको छ । त्यस्तै, १३ वटै उपसमूह मध्ये १२ परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ ।  





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १३:२६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया