देउवा निवासमा कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् । देउवाले मंगलबार अपरान्ह ३ बजे बस्ने गरी आफ्नो निवास बूढानीलकण्ठमा कार्यसम्पादन समिति बैठक बोलाएका हुन् । 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरिने बताइएको छ । कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारीहरू र केही केन्द्रीय सदस्यहरू रहेका छन् ।  

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग सहकार्य छाड्दै नयाँ गठबन्धन बनाएपछि देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १३:३७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया