राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री

राष्ट्रपति रामचन्द्र पौडेलसँग ताजा राजनीतिक घटनाक्रमबारे छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासबाट फर्किएका छन् । नयाँ गठबन्धनको सबै तयारी सकेपछि दाहालले राष्ट्रपतिसँग भेट्न समय मागेका थिए ।

नेपाली कांग्रेससहितका दलहरूलाई नयाँ गठबन्धनबारे कुनै जानकारी नै नदिइ दाहालले एमालेसहितका दलहरूको गठबन्धन बनाएको एकीकृत समाजवादीले प्रतिक्रिया दिएको छ ।

आफ्नै नेतृत्वमा सानो मन्त्री मण्डल गठन गर्ने अन्तिम तयारी गरेपछि दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । 
 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १४:१५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया