नेदरल्याण्ड्सलाई चौथो झड्का, दीपेन्द्रले लिए कप्तानको विकेट
फाइल तस्बिर

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पाहुना टिम नेदरल्याण्ड्सविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । नेपाललाई चौथो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले १६.१ ओभरमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सलाई २ रनमा क्याच आउट गराए ।   

नेपाललाई तेस्रो सफलता अविनाश बोहराले दिलाए । उनले १५.२ ओभरमा विक्रमजित सिंहलाई २९ रनमा क्याच आउट गराए । त्यसअघि नेपाललाई पहिलो र दोस्रो सफलता कुशल मल्लले दिलाए । उनले ८.१ ओभरमा म्याक्स ओदाउलाई २२ र ८.५ ओभरमा माइकल लेभिटलाई ५४ रनमा क्याच आउट गराए  

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका लागि आसिफ शेखले ३७ बलमा तीन छक्का र एक चौकासहित सर्वाधिक ४७ रन बनाए । 

यस्तै, गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहितकुमार पौडेलले २५ र कुशल भुर्तेलले २० रन जोडे । नेदरल्याण्ड्सका लागि माइकल लेभिट, साइब्रान्ड एंगलब्रेच्ट, फ्रेद क्लासेन र टिमभानडर गुग्टेनले दुई/दुई विकेट लिए  ।

नेपालले सिरिजको लिग चरणमा चारमध्ये दुईमा जित र दुई खेलमा हार बेहोरेको थियो । यता नेदरल्याण्ड्सले चारमध्ये दुईमा जित, एकमा हार तथा एक खेलमा अंक बाँड्यो ।

हालसम्म नेपाल र नेदरल्याण्ड्सले हालसम्म ११ वटा टी–२० आईमा प्रतिस्पर्धा गरेका छन्, जसमा दुवै टिमले पाँच/पाँच खेल जितेका छन् । नेपाल र नेदरल्याण्ड्सबीचको एक खेल भने वर्षाका कारण रद्द भएको विगत छ ।  





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार १४:३५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया