अर्थमन्त्री बन्दै वर्षमान पुन
फाइल तस्बिर

नयाँ गठबन्धन सरकार नेतृत्वको अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रले वर्षमान पुनलाई पठाउने भएको छ । एमाले-माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाउँदा वर्षमान अर्थमन्त्री बन्ने पक्का भएको हो । 

त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्न लागेका छन् भने एमालेका रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बन्ने भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित चार मन्त्रालय पाउने भएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्रीमा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुने सम्भावना छ ।  





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १४:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया