नेप्से परिसूचक ९.३३ अंकले बढ्याे

बुधबार नेप्से परिसूचक ९.३३ अंकले बढेको छ। दिनभर उतारचढावमा रहेको बजार अर्थमन्त्री वर्षमान पुन बन्ने पक्का भएपछि थाेरै बढेर बन्द भएको हो।

यस दिन २ बजेर ६ मिनेट जाँदा घटेर १९९२.९२ विन्दुसम्म झरेको बजार सो पछि बढेर २०१७.०३ विन्दुमा बन्द भएको छ। बुधबारको बजारमा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् मंगलबार ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६६ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३०८ वटा धितोपत्रको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर किनबेच भएको हो। बुधबार १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  

यसदिन डोल्टी पावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४०१ रुपैयाँ ५० पैसा कायम भएको छ। 

यस्तै, स्वरोजगार लघुवित्तको सेयर मूल्य ८.७० प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६२५ रूपैयाँ पुगेको छ। मेलुङ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.७१ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ४९३ रूपैयाँमा झरेको छ।



यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्डको इकाइ मूल्य ५.५४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ १८ पैसा कायम भएको छ। बुधबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५१४ रूपैयाँमा ३३ करोड ३७ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.०९ प्रतिशत बढेको हो।



सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५१३ रूपैयाँ २० पैसामा २७ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशतले बढेको छ। 

  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १५:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया