एडिबीको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपालको नयाँ आर्थिक वृद्धिदर प्रक्षेपण गरेको छ । सो प्रक्षेपणअनुसार सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने जनाइएको छ । एडिबी विश्लेषणअनुसार सबल आन्तरिक मागका कारण नेपालको अर्थतन्त्र स्थिर रहनेछ ।

एडिबीको पछिल्लो प्रतिवेदन म्याक्रोइकोनोमिक अपडेटअनुसार चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.२ र २०७६÷७७ मा ६.३ प्रतिशतले वृद्धि हुने देखिएको छ ।

सबल आन्तरिक मागका आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख रहेको र भूकम्पपछिको तीव्र पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारलाई ठूलो परिमाणमा बजेट विनियोजनले मद्दत पुर्याएको नेपालका लागि एडिबीका आवासीय निर्देशक मुख्तोर खामुद्खानोभको ठहर छ ।

एडिबीको विश्लेषणअनुसार वित्तीय संघीयताको निर्वाध कार्यान्वयनका चुनौती समाधान गर्न नसके, वित्तीय अनुशासन पालना नभएमा भने यसमा असर पर्ने छ । यी चुनौती सम्बोधन गर्न सकेको खण्डमा नेपालले लामो अवधिसम्म उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना रहेको एडिबीको प्रक्षेपण छ ।





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १५:२४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया