संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, के-के छन् कार्यसूची ?

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे प्रतिनिधिसभा र दिउँसो १ः१७ बजे राष्ट्रिय सभाको बैठक बस्न लागेको हो ।  

यसअघि २१ फागुनमा बोलाइएको बैठक स्थगन भएको थियो । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा आज सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त नयाँ मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।  साथै महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची पनि उल्लेख छ । 

राष्ट्रियसभाको बैठकमा पनि अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची रहेको छ । राष्ट्रिय सभा अध्यक्षको पदपूर्ति भइनसकेका कारण उपाध्यक्ष उर्मिला अर्यालले सदन सञ्चालन गर्नेछिन् ।    

साथै, प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने २१ गतेको सम्भावित कार्यसूचीलाई पनि दोहोर्‍याइएको छ । 

राष्ट्रियसभाको बैठकको सम्भावित कार्यसूची : 





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार ७:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया