नेकपा एस पनि सुदूरपश्चिम सरकारबाट बाहिरियो, अल्पमतमा मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएको छ । समाजवादीको तर्फबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले केन्द्रमा समीकरण फेरिएका कारण प्रदेश सरकारबाट बाहिरिएको जानकारी दिए ।  

चारजना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । 

माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

अब मुख्यमन्त्री कमलबहादुर शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात गरी २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ । सुदूरपश्चिम प्रदेश सरकार जोगाउन २७ जनाको समर्थन आवश्यक पर्छ ।  





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १०:२६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया