सरकारलाई कमजोर र असफल हुने छुट छैन : महेश बर्तौला
फाइल तस्बिर

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा आसन परिवर्तन भए पनि भूमिका र जवाफदेहीता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । 

‘हाम्रा आसनहरू परिवर्तन भएका छन्, भूमिकाहरू परिवर्तन भएका छन् । तर, जवाफदेहीता हाम्रो फेरिएको छैन । जनताप्रतिको कर्तव्यमा परिवर्तन भएको छैन । त्यसकारण यो सरकारले देश र जनतालाई केन्द्रमा राख्नुपर्छ,’ बर्तौलाले भने, ‘विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई लक्ष्य बनाएर काम गर्नुपर्छ । यो सरकारलाई कमजोर हुने, असफल हुने छुट छैन, जनताको हितमा काम गर्ने सामर्थ्य राख्नुपर्छ ।’

 
 





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १२:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया