जसपा सरकारमा जाने, उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने
फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता गठबन्धनमा जोडिने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने भएको हो ।

नयाँ मन्त्रिमण्डलमा अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन ।

अहिलेको सरकारमा जसपाले दुई मन्त्रालय पाउने सहमति भएको छ । जसपाले लिने अर्को एक मन्त्रालय र मन्त्रीको भने टुंगो लागिसकेको छैन ।  





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १२:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया