राप्रपा सत्ता केन्द्रित चलखेलमा छैन, गठबन्धनले हामीलाई खोज्नुपर्ने दिन नआओस् : राजेन्द्र लिङ्देन

सांसद राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चाँडै खोज्नुपर्ने दिन नआओस् भनेर चेतावनी दिएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले राप्रपालाई गठबन्धनमा सहभागी हुन चाहेको भएपनि हाललाई नलिइएको भन्ने गलत अर्थ लगाइएको भन्दै आपत्ति पनि जनाए । 

 विशेष समयमा बोल्दै लिङ्देनले राप्रपा गठबन्धनमा सहभागी हुन प्रयास गरेको थियो तर नलिएको भन्ने गलत अर्थ लगाइएको विषय नोटिसमा राखेको भन्दै गठबन्धनले पर्सिनै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् भन्दै चेतावनी दिए ।

सांसद लिङ्देनले, ‘कतिपय साथीहरूलाई भ्रम भयो, राप्रपा पनि यस सरकारमा सहभागी हुन इच्छुक थियो, उसले पनि प्रयास गरेको थियो भन्ने अर्थहरू पनि लगाइयो मात्र होइन, कतिपय साथीहरूले बढो उत्साहका साथ हामीले नलिने भन्नुभएको छ । हामीले नलिने भएका छौं भन्नुभयो । यसलाई राप्रपाले नोटिसमा राखेको छ । फेरी पनि भन्छु नोटिसमा राखेका छौं । हामी सत्ता केन्द्रित चलखेलमा सामेल हुँदैनौँ भनेका थियौं  तपाईंको यो गठबन्धनले पर्सिनै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् ।’

लिङ्देनले अहिलेको व्यवस्थामा रहेको त्रुटीको डङ्गुरमाथि बसेर देश र जनताको लागि काम गर्न नसक्ने भन्दै व्यवस्था परिवर्तन गरेर अगाडि जान आवश्यक रहेको बताए ।  





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १६:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया