‘इज्जत जोगाउन' रमिलाको हत्या गरेको योगेन्द्रको बयान

मोरङ– २६ वर्षीया रमिला राईले बारम्बार विवाह गर्न दबाब दिएपछि आफूले उनको हत्या गर्न बाध्य भएको योगेन्द्र गुरुङले बताएका छन् । राईको हत्या अभियोगमा पक्राउ परेका गुरुङले रमिलासँग विवाह गरे आफ्नो इज्जत तथा प्रतिष्ठा गुम्ने डर भएको स्वीकार गरेको अनुसन्धानमा संलग्न प्रहरी निकट स्रोतले बतायो । 

आफू विवाहित भएको, दुई छोरा भएको र राजनीतिमा पनि राम्रो छवि बनाएकाले रमिलाको हत्या गर्न बाध्य भएको उनले बताएको ती प्रहरी अधिकारीले बताएका हुन् । उनको र रमिलाको केही समयअघिदेखि प्रेम चलिरहेको पनि उनले स्वीकार गरेका छन् । 

‘विवाह नगरे गाउँभर हल्ला गरिदिने र ब्ल्याकमेल गर्ने भय थियो,’ योगेन्द्रले प्रहरीलाई भनेका थिए । उनी यसका कारण आफ्नो इज्जत गुम्ने डरमा थिए । 

१७ फागुनमा योगेन्द्रले रमिलाको हत्या आफ्नै घरमा गरेका थिए । रमिलाको शव कोशी ब्यारेजमा २६ दिनपछि एउटा बोरामा भेटिएको थियो । रमिला हराएको सूचना पाइसकेपछि इलाका प्रहरी कार्यालय बेलबारीले विशेष टोली खटाएर उनको खोजीकार्य तीव्र बनाएको थियो । १७ फागुनमा रमिला र योगेन्द्र सँगै रहेको र योगेन्द्रले रमिलालाई घरमा नै लगेर छोडेको प्रारम्भिक अनुसन्धानमा योगेन्द्रले बताएका थिए । 

उनी स्वयं पहिले प्रहरीसँग रमिला खोज्न लागेका थिए । तर, जब प्रहरीको अनुसन्धान उनीतिर नै सोझियो, उनी प्रहरीको सम्पर्कबाट टाढा रहेका थिए । उनलाई पछि प्रहरीले इलामबाट पक्राउ गर्यो । 

प्रहरीले पक्राउ गरिसके पछि योगेन्द्रले रमिलाको हत्या गरेको स्वीकारेका थिए । प्रहरीले उनीमाथि गरेको अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयमा बुझाइसकेको जनाएको छ ।





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १९:२५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया