उपेन्द्र यादवले लिए शपथ, प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुग्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् । 

यसैगरी जसपाबाटै नबलकिशोर साह वन तथा वातावरण मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

उपेन्द्र उपप्रधानमन्त्री बनेसँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्री संख्या चार पुगेको छ । यसअघि नै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् । 

 जसपाबाट दुई जना मन्त्री थपिएसँगै प्रचण्ड नेतृत्वको अहिलेको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ । 





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १२:२०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया