ललितपुरमा सर्वाधिक रुचाइएका पूर्ववडाध्यक्ष व्यञ्जनकारको निधन

ललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ ।  उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आज निधन भएको ललितपुर महानगरले जनाएको छ ।  

ललितपुर महानगरपालिका–१० मा ११ औँपटक स्वतन्त्ररूपमा उम्मेदवारी दिएका उनी सर्वाधिक १० पटक अध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन् । 

व्यञ्जनकार २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्ष निर्वाचित भएका थिए । तर, ०७९ को स्थानीय चुनावमा स्वतन्त्र उठेका नरसिंह आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भएका थिए  । 





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार ११:५६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया