भगवती लेमिनेट्स उद्योगमा लागेको आगो अझै नियन्त्रण बाहिर, भारतबाट पनि दमकल बोलाइयो

झापाको मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा आज बिहान ५ बजेदेखि लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । आगलागी हुँदा उद्योगमा थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढा जलेका छन् ।

उद्योगमा विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेटर रोहित शर्माले बताए । अहिले उत्तर र पूर्वतिर आगो नियन्त्रण भएको छ भने उद्योगको पश्चिमतिर अझै पूर्णरूपमा आगो नियन्त्रण लिन नसकिएको प्रहरीको भनाइ छ । 

आगो पूर्णरूपमा नियन्त्रणमा आउन आज दिनभरि लाग्नसक्ने प्रहरीको अनुमान छ । शर्माका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । झापाका ७ वटा स्थानीय तहका बारुण यन्त्रले आगो निभाउने प्रयास गरिरहेका छन् । उनका अनुसार अब मोरङदेखि थप दमकल मगाइएको छ ।

यो समाचार तयार पार्दै गर्दा भारतबाट समेत दमकल बोलाइएको छ । भारतको नक्सलबारीबाट दमकल घटनास्थलतर्फ आउँदै गरेको मेचीनगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमियाले जानकारी दिए । 
 





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १४:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया