जिप्रकाबाट भागेका थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु
फाइल तस्बिर

सोमबार जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा रहेका एक जना थुनुवा भाग्न खोज्दा प्रहरी जवानले ज्यान गुमाएका छन् । प्रहरीको थुनुवा कक्षामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवरलाई प्रहरीको मुद्दा शाखामा सोधपुछको क्रममा हतकडी लगाएकै अवस्थामा भाग्न खोज्दा उनलाई रोक्न खोजेका प्रहरी जवान सोहन चौधरीको लडेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हाम फालेर भाग्ने क्रममा चौधरीले उनलाई रोक्न खोजेका थिए । हतकडी सहित हाम फालेका कुवरसँगै हुत्तिएर चौधरी भीरबाट लडेका थिए । झन्डै एक सय मिटर तल खसेपछि प्रहरी जवानको ज्यान गएको हो । 

टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । हाम फालेर भागेका कुँवरलाई महाकाली पारी भारतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । 

गत माघ ७ गते ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि चक्कु प्रहार गरेका कुँवरलाई फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।  





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १६:११:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया