चीन, रुस र इरान संयुक्त नौसेना अभ्यास गर्दै

चीन, रुस र इरानका नौसेनाहरूले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने बेइजिङले सोमबार बताएको छ । 

चीनको रक्षा मन्त्रालयद्वारा सामाजिक सञ्जाल विच्याटमा प्रकाशित विज्ञप्तिअनुसार सोमाबारदेखि शुक्रबारसम्म आयोजना हुने सैन्य गतिविधिको उद्देश्य ‘क्षेत्रीय सामुद्रिक सुरक्षालाई संयुक्त रूपमा कायम राख्ने’ रहेको छ । विज्ञप्तिमा धेरै विवरण उल्लेख नगरी भनिएको छ, ‘चीनले अभ्यासमा सहभागिता जनाउनका लागि निर्देशित–मिसाइल विनाशक उरुम्की, निर्देशित–मिसाइल फ्रिगेट लिनी र व्यापक आपूर्ति जहाज डोङपिङ्हु पठाउनेछ ।’

यस क्षेत्रमा गत वर्ष मार्चमा यी तीनै मुलुकबीच ‘सेक्युरिटी बन्ड २०२३’ नामक अभ्यास भएको थियो । गाजामा युद्ध चर्किएको र यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरूमा आक्रमण सुरु गरेकाले यस वर्षको संयुक्त अभ्यासको चरण यस क्षेत्रमा बढ्दो तनावसँग मेल खाएको छ । 

मुलुकको प्रशान्त फ्लिटबाट भर्याग क्रुजरको नेतृत्वमा जहाजहरूको एउटा टुकडी अभ्यासअघि सोमबार इरानी बन्दरगाह चाह बहार आइपुगेको रुसी राज्य मिडियाले बताएको छ । 

‘अभ्यासको व्यावहारिक हिस्सा अरब सागरमा ओमानको खाडीको पानीमा हुनेछ,’ रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले भनेका छन्, ‘युद्धाभ्यासको प्रमुख उद्देश्य भनेको सामुद्रिक अर्थिक गतिविधिको सुरक्षामा काम गर्नु हो ।’





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार २३:२०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया