अल्लु अर्जुनको फिल्ममा एटलीको पारिश्रमिक ६० करोड

फिल्म ‘जवान’को सफलतापछि तमिल फिल्म निर्देशक एटली कुमार करियरको उत्कृष्ट फेजमा छन् । अभिनेता शाहरुख खानलाई उनको करियरको ‘टप ग्रसर’ फिल्म दिएपछि एटली हलिउड सुपरस्टार अल्लु अर्जुनका साथ नयाँ फिल्मको तयारी गरिरहेका छन् । 

फिल्मका लागि एटलीले निर्मातासँग निकै मोटो पारिश्रमिक मागेका छन् । उनले झण्डै ६० करोड रुपैयाँ पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो पारिश्रमिक कुनै पनि फिल्मलाई दिइने पारिश्रमिकको तुलनामा धेरै हो । तर, एटलीको फिल्मको व्यापार तथ्याङ्कलाई हेर्दा भने धेरैले यो पारिश्रमिकलाई सन्तोषजनक भनेका छन् ।

एटली यतिबेला नयाँ फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छन् । अहिले फिल्मको कथालाई अन्तिम रुप दिने काम भइरहेको छ । यदि सबै कुरा ठीकठाकसँग चल्यो भने अल्लु र एटली फिल्म ‘पुष्पा २’ रिलिजपछि सुटिङमा जानेछन् । अल्लुले ‘पुष्पा २’ पछि निर्देशक क्रिविक्रम श्रीनिवासको नयाँ फिल्म सुरु गर्नुअघि एटलीको फिल्म पुरा गर्नेछन् ।





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार १४:१६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया