भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, दुईजना घाइते

धनकुटाको साँगुरीगढी गाउँपालिका–७ मा मंगलबार साँझ दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुईजना सिकिस्त घाइते भएका छन् । प्रहरीका अनुसार धरानबाट धनकुटा गइरहेको को १ च ३२८० नम्बरको भ्यान र विपरीत दिशाबाट गइरहेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल जुधेका थिए ।

दुर्घटनामा मोटरसाइकको पछाडि बसेका धनकुटा, साँगुरीगढी–६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई घाइते भएका छन् ।

घाइतेको धरनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार ८:१९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया