अमेरिकी राष्ट्रपतिका लागि फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा

अमेरिकी इतिहासमै लगातार दोस्रोपटक राष्ट्रपति पदका लागि एकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । डेमोक्याट्रिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने पक्का भएको हो ।

डेमोक्याट्रिक पार्टीबाट बाइडेनको पहिला नै उम्मेदवारी निश्चितजस्तै भए पनि ट्रम्पलाई भने पार्टीमा चुनौतीहरू रहेका थिए । उक्त सबै चुनौतीलाई पछि पार्दै ट्रम्प नै रिपब्लिकन पार्टीबाट उम्मेदवारको रूपमा अगाडि आएका छन् । 

अन्तिसम्म प्रतिस्पर्धामा रहेकी निक्की हेली चुनावी मोर्चाबाट हटेपछि ट्रम्पलाई सहज भएको हो । अमेरिकाको ७० वर्षको इतिहासमा पहिलोपटक लगातार दुई चुनावमा एउटै उम्मेदवार हुनेछन् । 

सन् २०२० को राष्ट्रपतिको निर्वाचनमा पनि ट्रम्प र बाइडेनबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो । अमेरिकामा डेमोक्याट्रिक र रिपब्लिकन पार्टीहरूले राष्ट्रपति पदका लागि प्राथमिक चुनाव जित्ने उम्मेदवारलाई मात्रै उम्मेदवार बनाउँछन् ।

बाइडेनलाई डेमोक्रेट क्याम्पबाट मनोनयन दौड जित्न १९६८ प्रतिनिधि चाहिन्छ । जर्जिया बाहेक मिसिसिपी, वासिङ्टन राज्य, उत्तरी मारियाना टापुहरूमा पनि बाइडेनको राम्रो समर्थन छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पलाई धेरै प्रमुख राज्यहरूमा राम्रो समर्थन मिलिरहेको छ । उम्मेदवारी स्वीकृत भएपछि बाइडेनले भने ट्रम्पको अभियानलाई ‘आक्रोश र बदलाको अभियान’ संज्ञा दिएका छन् ।



चार वर्षअघि सन् २०२० मा भएको राष्ट्रपतीको निर्वाचनमा ट्रम्प पराजित भएका थिए । पहिलोपटक क्यापिटल हिलमा ठूलो अशान्ति भएको थियो । अहिले पनि क्यापिटल हिल प्रकरणका आरोपीलाई सजाय तोकिएको छ ।

ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा क्यापिटल हिल प्रकरणमा दोषी ठहरिएकालाई सजाय माफ गर्ने बताइसकेका छन् ।  



  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार ९:३२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया