हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा

हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पदबाट राजीनामा दिएका छन् । क्यारेबियन राष्ट्र हाइटीमा पछिल्लो समय लगातार हिंसा र लुटपाटका घटना बढेपछि प्रधानमन्त्री हेनरीले पदबाट राजीनामा दिएका हुन् ।   

विद्रोही पक्षले अहिले राजधानीको ८० प्रतिशत भू–भागमा नियन्त्रण गरेको दाबी गरिरहेका बेला हेनरीले शान्ति सुव्यवस्था कायम गराउनका लागि आफू पदबाट पछि हट्न तयार रहेको बताएको अल जजिराले जनाएको छ ।  

पदबाट राजीनामा दिएपछि अब नयाँ सरकार नबन्दासम्म हेनरी कार्यवाहक प्रधानमन्त्रीको रूपमा रहनेछन् । उनले एक भिडियो सन्देश जारी गर्दै संक्रमणकालीन परिषद् स्थापना गर्ने र उक्त परिषदले प्रधानमन्त्री र नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने बताए । 

आफू हाइटीको शान्ति र स्थिरता चाहने व्यक्ति भएकाले पदबाट पछि हट्न तयार रहेको उल्लेख गरे । हाइटीमा हिंसा लगातार बढेपछि केन्या पुगेका प्रधानमन्त्री हेनरी उतैबाट अमेरिका गएका थिए । विद्रोही समूहले राजधानी पोर्ट–ओ–प्रिन्सको अन्तर्राष्ट्रिय विमानस्थलसमेत कब्जामा लिएपछि फर्किन पाएका थिएनन् । उनले उतैबाट भिडियो सन्देश जारी गरेका हुन् । 

हेनरी अहिले अमेरिकाको पोर्टो रिकोमा रहेको बताइएको छ । हाइटीमा हिंसाका कारण त्यहाँका ३ लाख ६२ हजार नागरिक विस्थापित भएका छन् ।  





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १०:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया