सत्ता हेरफेर स्वार्थको गठ जोड मात्र हो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अहिले भएको सत्ता हेरफेर स्वार्थको गठ जोड भएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा उनले स्वार्थ मिले टाँसिने, नमिले छुटिने भन्दै देश र जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर सरकार नबनेको बताए । 

उनले भने, ‘जति नै सिद्धान्तको लेप लगाए पनि अहिलेको यो सत्ता हेरफेर भनेको स्वार्थको गठ जोड हो । स्वार्थ मिले टाँसिने, नमिले छुटिने । सत्ता निर्माण हुँदा बनेको ७, ८ बुँदेबाट पनि त्यही देखिन्छ । देश र जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन । सत्तालाई आफ्नो सुरक्षा कबजको रूपमा प्रयोग गर्ने उद्देश्यबाट गठबन्धन निर्माण भएको हो ।’

यस्तै उनले सत्ता केन्द्रित चलखेलमा राप्रपा सहभागी नहुने भन्दै गठबन्धनलाई राप्रपाले विश्वासको मत नदिने बताए । राजनीतिप्रति धेरै अविश्वास पैदा भएको भन्दै जनता पनि राजनीतिबाट निराश भएको उल्लेख गरे । 

उनले भने, ‘किन यस्तो हुन्छ की एउटा नेताले अघिल्लो दिन अर्को नेतालाई अछुतो जस्तो व्यवहार गर्छ र भोलिपल्टै त्यही नेता महान् र राजनेता हुन्छ यस्तो भएपछि राजनीतिप्रति जनताको विश्वास कसरी बढ्छ ।’  





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १४:९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया