प्रधानमन्त्रीमा वामदेवकाे दाबी !

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बाेल्दै उनले यस्तो बताएका हुन्। 

उनले राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरुको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्ने माग गरे । राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधिसभा सभामुखबाहेक अरू कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रिय सभा सदस्यको संलग्नताबेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने माग पनि राखे । 

उनले दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार प्रतिनिधिसभालाई नभई संघीय संसदको संयुक्त बैठकलाई हुनुपर्ने बताए। उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाका अधिकार र कर्तव्य समान हुनुपर्ने बताए।

उनले संघीय संसदमा संयुक्त बैठकहरुको अध्यक्षता अध्यक्ष र सभामुखले आलोपालो गर्ने व्यवस्था गर्नुपर्ने बताए। उनले राष्ट्रपतिको निर्वाचन संघीय संसदको संयुक्त बैठकले गर्नुपर्ने बताए।





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १६:४८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया